गृहमन्त्री लामिछानेले भेटे आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यका परिवारलाई - Chaitanya News
  • 2026-06-26
  • 06:08:03
  • शुक्रबार,आषाढ १२, २०८३
  • गृहमन्त्री लामिछानेले भेटे आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यका परिवारलाई

    गृहमन्त्री लामिछानेले भेटे आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यका परिवारलाई

    काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ का परिवारलाई भेटेका छन्।

    हिजो मंगलबार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो।

    अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ।

    यसअघि बिहान मात्र सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका थिए।