काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदै छन्। बागमतीमाले नेकपा (माओवादी केन्द्र) ले ४, नेकपा (एमाले) ले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ वटा मन्त्रालयको नेतृत्व गर्ने भएका छन्। बागमतीमा मन्त्री र मन्त्रालयसमेत टुंगो लागिसकेको छ। एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्ने भएका छन्।
त्यसैगरी माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन,युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्दै छन्। राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग,पर्यटन,सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन्। राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्री बनाउने तयारी भएको छ।
यसअघि नै माओवादीबाट जमकटेल मुख्यमन्त्री, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन्। नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ आजै गराउने तयारी भएको बताइएको छ।