काठमाडौं- बढुवा सिफारिस समितिले ४० अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ।
सामान्य प्रशासन समूहका २८ र लेखा समूहका ५ र नेपाल लेखापरीक्षण समूहबाट ७ गरी ४० जना शाखा अधिकृतलाई एकै पटक उपसचिवमा बढुवा सिफारिस गरिएको हो।
नेपाल प्रशासन सेवातर्फका कासमुबाट हुने २८ पदपूर्तिका लागि २२७ जनाले उम्मेदवारी दिएकोमा ती मध्ये कायम भएका सम्भाव्य उम्मेदवार संख्या २१० रहेको सामान्य प्रशासनले जनाएको छ। यस्तै लेखा समूहतर्फका पदपूर्ति हुने ५ जनाका लागि दरखास्त माग भएकोमा ५८ उम्मेदवार दरखास्त दिएकोमा एक जनाको योग्यता नपुगेको जनाइएको छ।
यस्तै लेखापरीक्षण समूहतर्फको ७ पदका लागि दरखास्त मागिएकोमा आवेदन हाल्ने २५ मध्ये १७ जनाको उम्मेदवार कायम भएको जनाइएको छ।
बढुवा सिफारिस समितिको बैठकले राजपत्राङ्कित तृतीय श्रेणीबाट राजपत्राङ्कित द्वितीय श्रेणीमा बढुवाका लागि ४० अधिकृतहरूको नाम सिफारिस गरेको हो।
कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस भएकामध्ये २८ जना सामान्य प्रशासन समूह र ५ जना लेखा समूहका रहेका छन्।उनीहरू सबैले शत प्रतिशत अंक पाएका छन्। यस्तै लेखापरीक्षण समूहबाट ७ जना को नाम बढुवाका लागि सिफारिस भएको छ।
![]()
सामान्य प्रशासन समूहअन्तर्गत बाबुकृष्ण ढकाल, सीताराम खड्का, मुक्तिनाथ सुवेदी, जीवनचन्द्र राई, राजेधरी खत्री सापकोटा, धर्मगुज न्यौपाने, ओमप्रसाद पाण्डे, अर्जुनबहादुर थापा, पदमलाल लामिछाने, किरणनिधि तिवारी, माधवप्रसाद अधिकारी, वसन्त न्यौपाने, दत्तराज हमाल, कैलाशबहादुर ठकुराठीको सिफारिस गरिएको छ।
त्यस्तै, दीपकप्रसाद न्यौपाने, जगदीश अर्याल, लोकप्रसाद रेग्मी, जितबहादुर भण्डारी, नारायणप्रसाद भट्टराई, कृष्णप्रसाद पौडेल, कमलप्रसाद पुन, पदमप्रसाद अर्याल, नारायण न्यौपाने, ढुविन्द्रप्रसाद बराल, पुरुषोत्तम घिमिरे, अधिनकुमार पोखरेल, पवनराज कोइराला र महेन्द्र विश्वकर्माको पनि सिफारिस गरिएको हो।
लेखा समूहअन्तर्गत राजनकुमार फुयाँल, थमनारायण शर्मा, मार्कण्डप्रसाद बराल, वीरेन्द्रप्रसाद घिमिरे र भूपेन्द्रबहादुर मल्लको सिफारिस गरिएको जनाइएको छ।
![]()