पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध - Chaitanya News
  • 2026-10-28
  • 07:46:33
  • बुधबार,कार्तिक १२, २०८३
  • पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

    पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला– पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान ११ बजेर ४५ मिनेटमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो। कालिकोटको तिलागुफा नगरपालिका– ४ राचुलीस्थित कर्णाली राजमार्गमा वर्षातका कारण पहिरो आई अवरुद्ध भएको जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए।

    उनका अनुसार जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको वाग्मती प्रदेशको २९५८नम्बरको गाडी पहिरोमा फसेको छ। सो जीपको अगाडिको टायर पहिरोमा परेको हो। प्रहरी टोलीले पहिरो खुलाउने पहल गरिरहेको छ। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।

    यता सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले खुलाउन तयारी भैरहेको बताए।