कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा - Chaitanya News
  • 2026-10-28
  • 07:46:31
  • बुधबार,कार्तिक १२, २०८३
  • कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा

    कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा

    काठमाडौं– कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले नेकपा एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरेकी छन्।

    बुधबार विज्ञप्ति जारी गरेर उनले साझा भूमिकामा रहनुपर्ने सभामुखमा निर्वाचित भएकाले एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गरेकी हुन्।

    साथै सभामुख पदको जिम्मेवारी वहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छन्।