चिकित्सकले पत्रकारलाई हेल्मेटले हिर्काए - Chaitanya News
  • 2026-10-28
  • 07:46:30
  • बुधबार,कार्तिक १२, २०८३
  • चिकित्सकले पत्रकारलाई हेल्मेटले हिर्काए

    चिकित्सकले पत्रकारलाई हेल्मेटले हिर्काए

    काठमाडौं– भारतको उत्तर प्रदेशस्थित मऊमा एकजना चिकित्सकले पत्रकारलाई हेल्मेटले हिर्काएको भिडियो सार्वजनिक भएको छ।

    घटना जिल्ला अस्पतालमा भएको हो। प्रहरीले उजुरी दर्ता गरेर कारवाही थालेको छ।

    आइतवार आफूले दिउँसोको भोजन गरिरहेको बेलामा पत्रकार अस्पतालमा आएर भिडियो बनाउन थालेको चिकित्सकको भनाइ छ। पत्रकारले अनुचित कुरा पनि गरेको चिकित्सकले बताए। पत्रकारलाई रोकिन भन्दा पनि नरोकिएपछि चिकित्सकले हेल्मेट उठाएर हानेको प्रहरीका एएसपी त्रिभुवननाथ त्रिपाठीले बताए।

    आफ्नो मोबाइल खोसिएको पत्रकारले आरोप लगाएका छन्।