काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र प्रसाद पाण्डेले संसदमा सभामुखको भूमिका अहम हुने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेता समेत रहेका पाण्डेले संसदलाई जनताको समस्या समाधानको थलो बनाउनुपर्नेमा जोड दिए।
बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई दिँदै सांसद पाण्डेले पार्टीको छाया र रबर स्ट्याम्प नबन्न सुझाव दिए। उनले भने सभामुखको पदमा बसेर जुन जिम्मेवारी पाउनु भएको छ। पार्टीको छाया र रबर स्ट्याम्प बन्ने गल्ती कहिल्यै गर्नु हुँदैन।
संसदलाई प्रभावकारी बनाउन सभामुख र उपसभामुखको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ।
ुत्यो सभामुख उत्कृष्ट सभामुख हो जो अत्यन्तै कम बोल्छ,सभालाई प्रभावकारी ढंगले परिचालन गर्छ। संसदलाई प्रभावकारी बनाउने, रसपूर्ण बनाउने आकर्षणको थलो बनाउने रोल तपाईंहरुमा हुनुपर्छ,ुउनले भने।
समस्याहरूलाई प्रभावकारी ढंगले संसदमा छलफल गराउने स्थिति बन्यो भने मात्रै संसद जनताको समस्या समाधानको थलो हो भनेर बुझिने उनको भनाइ।
कहिलेकाही सभामुख नै प्रतिपक्षी हो कि जस्तो पनि देखिने गरेको उनको भनाइ छ। ुकहिलेकाही सभामुख नै प्रतिपक्षी हो कि जस्तो पनि देखिन्छ। यहाँ कुनै मन्त्रीज्यूबाट गल्ती भयो भने हाउसबाट कुरा उठ्यो भने कहिलेकाही मन्त्रीज्यूहरूलाई उभ्याएर उत्तर दिन लगाउने र भोलि यो उत्तर लिएर यहाँ हाजिर हुन रुलिङ गर्नुपर्छ।ु