काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसद्मा दलहरूलाई बोल्नका लागि समय छुट्ट्याउने विषयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले संसदीय अभ्यासलाई समायानुकूल बनाउनुपर्नेमा जोड दिए। “बोल्नका लागि समय दिइन्छ। यो सिटका आधारमा बोल्न दिने कुरामा पुनर्विचार गरियोस्। समयको व्यवस्थापन उपयुक्त तरिकाले गरियोस्,” उनले भने।
उनले नियमावली साना पार्टीलाई मात्र लाग्ने भन्दै ‘ठूला पार्टीलाई राजाजस्तो गरी आउने–जाने गर्न पाइने हो? भनी प्रश्न पनि गरे।
राउतले सभामुखले सांसदहरूलाई विगतमा जस्तै दलविशेषको सांसदलाई कारबाही गर्नेरनगर्नेजस्तो विषय नदोहो¥याउन आग्रह गरे। “कुनै दलविशेषको सभासदलाई तुरुन्तै निलम्बन गर्ने र कोहीलाई नगर्ने कुरा दोहोरिने छैन भन्ने विश्वास गर्न चाहन्छु,” उनले भने।