गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिनेछ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-05-11
  • 02:49:58
  • आइतबार,बैशाख २७, २०८३
  • गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिनेछ : प्रधानमन्त्री प्रचण्ड

    गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिनेछ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन्।

    मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नैतिकताको आधारमा पनि नपाइने बताएका हुन्।

    मेरो क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर यहाँ सुनाउनेभयो माननीय सदस्यले,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘मेरो ध्यानाकर्षण भएको छ। मन्त्रिमण्डल बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दललाई हुन्छ। तर, मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रुपले र कानुनी रुपले पनि हुन सक्दैन।’

    संघीयता खारेजीसम्बन्धी अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएका छन्।