शिक्षकहरु नै राजनीतिमा संलग्न भएपछि शिक्षा कसरी सुध्रिन्छ : ज्ञानेन्द्र शाही - Chaitanya News
  • 2026-05-11
  • 02:50:05
  • आइतबार,बैशाख २७, २०८३
  • शिक्षकहरु नै राजनीतिमा संलग्न भएपछि शिक्षा कसरी सुध्रिन्छ : ज्ञानेन्द्र शाही

    शिक्षकहरु नै राजनीतिमा संलग्न भएपछि शिक्षा कसरी सुध्रिन्छ : ज्ञानेन्द्र शाही

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले शिक्षकहरु राजनीतिमा संलग्न भएकाले पनि नेपालको शिक्षा क्षेत्रमा कुनै सुधार नभएको बताएका छन्।

    उनले शिक्षक तथा माननीयहरु सबैका छोराछोरी सरकारी स्कुलमा पढ्ने ग्यारेन्टी हुनु पर्ने बताएका छन्।

    उनले शिक्षकहरु राजनीतिमा भएसम्म देशको शिक्षामा कुनै सुधार हुन नसक्ने पनि बताएका छन्।

    मंगलबारको संसद बैठकमा बोल्दै शाहीले यी विषयमा आवाज उठाएका हुन्।