प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन - Chaitanya News
  • 2026-09-06
  • 17:09:53
  • आइतबार,भाद्र २१, २०८३
  • प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन

    प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन

    काठमाडौं-  नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

    प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।

    हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।