सन्दीपको मुद्दामा आज सुनुवाई हुँदै - Chaitanya News
  • 2026-05-01
  • 00:48:39
  • बिहिबार,बैशाख १७, २०८३
  • सन्दीपको मुद्दामा आज सुनुवाई हुँदै

    सन्दीपको मुद्दामा आज सुनुवाई हुँदै

    काठमाडौं-  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (सोमबार) जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुने भएको छ ।

    पाटन उच्च अदालतको आदेशबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेको मुद्दामा सोमबार जिल्ला अदालतमा पेशी तोकिएको हो । धरौटीमा छुटेपछि लामिछाने क्रिकेट अभ्यासमा समेत लागिसकेका छन् । गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछानेले त्यसविरुद्ध उच्च अदालतमा अपिल गर्दै थुना बाहिरै बसेर पुर्पक्ष गर्न माग गरेका थिए ।

    यसअघि पक्राउ परेसँग उनलाई निलम्बन गरेको क्यानले राष्ट्रिय टोलीमा फर्काउने निर्णय गरेको छैन । जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    तर सन्दीपले त्यसविरुद्ध उच्च अदालतमा थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए । सन्दीपमाथि गत भदौ ६ गते एक किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप छ । सन्दीप असोज २० गते पक्राउ परेका थिए । ९९ दिन थुनामा बसेपछि सन्दीप थुनामुक्त भएका थिए ।