नवनिर्वाचित उपसभामुख इन्दिराले आज शपथ लिने - Chaitanya News
  • 2026-06-15
  • 12:48:11
  • सोमबार,आषाढ ०१, २०८३
  • नवनिर्वाचित उपसभामुख इन्दिराले आज शपथ लिने

    नवनिर्वाचित उपसभामुख इन्दिराले आज शपथ लिने

    काठमाडौँ – नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज शपथग्रहण गर्दैछिन्।

    आज साँझ ५ बजे रानाले शपथ ग्रहण गर्ने संसद सचिवालयले जनाएको छ।प्रतिनिधिसभाको उपसभामुखमा राना शनिबार निर्वाचित भएकी हुन्।

    बिहिबार मत विभाजन हुँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो।

    झापा अर्जुनधाराकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्।