प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता - Chaitanya News
  • 2026-05-01
  • 00:33:10
  • बिहिबार,बैशाख १७, २०८३
  • प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच आज (सोमबार) बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटघाटमा विभिन्न समसामायिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    घिमिरे बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए । घिमिरेलाई सभामुख बनाउनु पर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।

    सभामुख निर्वाचित भएपछि घिमिरेको प्रधानमन्त्री प्रचण्डसँगको यो पहिलो औपचारिक भेट हो ।