नेपालमा आजबाट पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गर्दै, वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-01
  • 00:33:26
  • बिहिबार,बैशाख १७, २०८३
  • नेपालमा आजबाट पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गर्दै, वर्षाको सम्भावना

    नेपालमा आजबाट पश्चिमी निम्न चापीय प्रणाली प्रवेश गर्दै, वर्षाको सम्भावना

    काठमाडौं –  नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज (सोमबार) साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने मौसमविदले जनाएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।