काठमाडौं– क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए।
क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको गोलीकाण्डमा करिब १६ जनालाई गोली लागेको छ भने कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ।
स्थानीय समय अनुसार शनिबार राति १० बजे सो गोलीकाण्ड भएको थियो।