नेकपा माओवादीले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रिय समिति बैठक - Chaitanya News
  • 2026-05-11
  • 01:27:31
  • आइतबार,बैशाख २७, २०८३
  • नेकपा माओवादीले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रिय समिति बैठक

    नेकपा माओवादीले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रिय समिति बैठक

    काठमाडौं– नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रिय समिति बैठक बोलाएको छ।

    पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलार्ईएको हो।

    सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ। दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रिय समितिवाट अनुमोदन गरिनेछ।

    जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो। दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन्।