धरान उपमहानगरले अवैध घर भत्काउन डोजर चलाउँदा सुरक्षाकर्मी र स्थानीयबीच झडप - Chaitanya News
  • 2026-05-01
  • 00:33:10
  • बिहिबार,बैशाख १७, २०८३
  • धरान उपमहानगरले अवैध घर भत्काउन डोजर चलाउँदा सुरक्षाकर्मी र स्थानीयबीच झडप

    धरान उपमहानगरले अवैध घर भत्काउन डोजर चलाउँदा सुरक्षाकर्मी र स्थानीयबीच झडप

    काठमाडौँ– धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको घर भत्काएको छ।

    धरान–५ देउरालीस्थित अँधेरीखोला अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काएको हो। “पटक–पटक सूचना जारी गर्दासमेत उहाँहरूले अटेर गरेर सार्वजनिक जग्गामा घर बनाउनुभयो। आज त्यही घर भत्काएका हौँ”, नगरप्रमुख हर्क साम्पाङले भने।

    सो क्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो। स्थानीयको ढंगामुढाबाट उपमहानगरको डोजरको सिसा फुटेको छ। उपमहानगरले बहुजातीय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत घर बन्न थालेकाले भत्काउनुपरेको साम्पाङले बताए।

    उपमहानगरले यसअघि वडा नं १७ मा बनेका केही अनधिकृत संरचना पनि डोजर लगाएर भत्काएको थियो।