मुख्यमन्त्री हिक्मत कार्कीले दिए ल्होछारको शुभकामना - Chaitanya News
  • 2026-05-11
  • 01:28:22
  • आइतबार,बैशाख २७, २०८३
  • मुख्यमन्त्री हिक्मत कार्कीले दिए ल्होछारको शुभकामना

    मुख्यमन्त्री हिक्मत कार्कीले दिए ल्होछारको शुभकामना

    काठमाडौ–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होaछार पर्वका अवसरमा शुभकामना दिएका छन्। उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा सोनाम ल्होछार पर्वको शुभकामना दिएका हुन्।

    मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्वले नेपालीबीच सद्भवा, भातृत्व र एकता मजबुत हुने उल्लेख गरे।

    विभिन्न जातजाति र समुदायले आ–आफनो शैली तथा परम्पराअनुसार मनाउने विभिन्न पर्वले सामाजिक र सांस्कृतिकरुपमा नेपाललाई धनी बनाएको उनले बताए। मुख्यमन्त्री कार्कीले यस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना पनि व्यक्त गरेका छन्।