जीप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलासा - Chaitanya News
  • 2026-10-28
  • 05:50:59
  • बुधबार,कार्तिक १२, २०८३
  • जीप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलासा

    जीप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलासा

    काठमाडौं– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ को हाइलक्स जीप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ। आज बिहान साढे २ बजे भएको सो दुर्घटनामा दैलेखका चार जनाको निधन भएको थियो।

    कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार मृत्यु भएकामा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) दीपेन्द्रजंग शाही,भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) बबिन शाही र गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) राजेन्द्र बिसी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही छन्।

    पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप राति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गबाट खसेर दुर्घटनामा परेको हो।