यस्तो रहने छ आगामी तीन दिनको मौसम - Chaitanya News
  • 2026-04-30
  • 23:20:23
  • बिहिबार,बैशाख १७, २०८३
  • यस्तो रहने छ आगामी तीन दिनको मौसम

    यस्तो रहने छ आगामी तीन दिनको मौसम

    काठमाडौं –  नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले आज (आइतबार) मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली भएको छ । बाँकी सबै क्षेत्रमा मौसम सामान्यतया सफा छ ।
    आज दिउँसो पनि प्रदेश– १ का पहाडी भू–भागमा आंशिक बदली रहे पनि देशका बाँकी भू–भागमा मौसम सफा रहने छ ।

    आज राति भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भू–भागको मौसम सफा रहने छ ।

    सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।