आज सोनाम ल्होछार पर्व मनाइँदै, टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव - Chaitanya News
  • 2026-10-28
  • 05:51:06
  • बुधबार,कार्तिक १२, २०८३
  • आज सोनाम ल्होछार पर्व मनाइँदै, टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव

    आज सोनाम ल्होछार पर्व मनाइँदै, टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव

    काठमाडौं – आज देशभर सोनाम ल्होछार–२८५९ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।

    पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

    मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

    तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।