काठमाडौंको बिहानी तापक्रम ३.६ डिग्रीमा झर्यो - Chaitanya News
  • 2026-04-30
  • 22:59:24
  • बिहिबार,बैशाख १७, २०८३
  • काठमाडौंको बिहानी तापक्रम ३.६ डिग्रीमा झर्यो

    काठमाडौंको बिहानी तापक्रम ३.६ डिग्रीमा झर्यो

    काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ। दिउँसो १९ देखि २१ डिग्री सेल्सियस पुग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। उनका अनुसार काठमाडौंमा आज दिनभर मौसम सफा रहनेछ।

    आज दिउँसो प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    विभागले आज राति वाग्मती प्रदेश, मधेस प्रदेश, प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।