देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन। प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन। नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उनले विश्वासको मत पाए।
प्रदेशसभामा कायम रहेका कुल ८७ प्रदेशसभा सदस्यमा उपस्थित सांसदमध्येको बहमुत प्राप्त गरेकाले उहाँले विश्वासको मत प्राप्त गरेका हुन। मुख्यमन्त्री गिरीलाई ५७ जना सांसदले पक्षमा मतदान गरे। विश्वासको मतका लागि मुख्यमन्त्रीले सदनमा पेश गरेको प्रस्तावको विपक्षमा २८ मत परेको थियो।
मुख्यमन्त्रीको गिरीले पाएको विश्वासको मत प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत भएकाले उनले राखेको प्रस्ताव बहुमतले पारित भएको छ। मुख्यमन्त्री गिरीलाई एमालेका २८, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र २ सांसदसहित ५७ जना सभा सदस्यले पक्षमा मतदान गरेका थिए।
सरकार गठनमा विपक्षीमा रहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री गिरीलाई मतदान गरेका छन। मुख्यमन्त्रीको विश्वासको विपक्षमा नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ मत परेको हो।
प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेशमा राजधानी कार्यान्वयन र यस क्षेत्रको विकासका लागि आफु सधै तत्पर रहेकाले विश्वासको मत दिन आग्रह गरेका थिए। उनले भने सबै पार्टीबाट विश्वासको मतको आशा गरेको छु, संघीय सरकारले पनि अधिक मात्रामा मत पाएको छ। मधेश प्रदेश लगायतमा पनि त्यो खालको सहकार्य भएको छ, हाम्रोमा पनि आवश्यक छ।’
संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदिय दलका नेता डिल्ली वहादुर चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिए पनि भविष्यमा सरकारले गर्ने कामको आधारमा समर्थन विरोध रहने बताए।