काठमाडौ‌को एक होटलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ - Chaitanya News
  • 2026-10-28
  • 05:51:03
  • बुधबार,कार्तिक १२, २०८३
  • काठमाडौ‌को एक होटलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ

    काठमाडौ‌को एक होटलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ

    काठमाडौं– काठमाडौ‌को एक होटेलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका(२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ का ४८ वर्षीय लोक जंग खड्कासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।