काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परिणाम हासिल गर्ने हिसाबले राष्ट्रपतिमा उम्मेदवार उठाउने बताएका छन्। संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखमा उम्मेदवारी दिएको कांग्रेसले राष्ट्रपतिमा पनि उम्मेदवारी दिने बताए।
ुराष्ट्रपतिका विषयमा अहिल्यै चर्चा गर्नुपर्छ जस्तो लाग्दैन। तर सभामुखमा उम्मेदवारी दिएको कांग्रेसले अवश्य राष्ट्रपतिमा पनि प्रतिस्पर्धा गर्छौं। त्यसबेला परिणाम हासिल गर्ने ढंगले गर्छौं। जनताले सरकार र शीतल निवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई पहिलो दल बनाएको थियो,ु उनले भने।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका लागि ढोक्सा थापेको बताए। ‘पूर्वप्रधानमन्त्रीज्यूले हामीलाई ढोक्सा थापेको भन्नुहुन्थ्यो। तर, उहाँले चाहिँ थाप्नुभएको रहेछ,ु उनले भने।