काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका छन। बिहीबार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले कांग्रेस राष्ट्रपति निर्वाचनका लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका हुन।
उनले अहिलेसम्म राष्ट्रपतिका लागि सहमति नभएकाले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए। गठबन्धन कायम रही रहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल भए पनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको सांसद पौडेलको भनाइ छ।
‘‘गठबन्धन कायम रहीरहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल छ। त्यस कारण नयाँ रिसाबाट हामीले जाने कुरा स्वाभाविक हो। निर्वाचनमा उम्मेदवार खडा गरेपछि जिताउनको निम्ति मतदाताहरुसँग मत माग्नु स्वभाविक हो। हामीले प्रतिपक्षमा नै बसेर विश्वासको मत दिने भनेका हौं। हामीले सत्ता पक्ष भएर विश्वासको मत दिएको होइन।,’’ सांसद पौडेलले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति भयो। त्यही अनुसार कांग्रेसले विश्वासको मत दिएको अवस्था हो। कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ। अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन। तर राष्ट्रपतिको लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउनको निम्ति सर्मथन जुटाउने आजदेखि प्रयास गर्छौं।’’
सांसद पौडेलले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार कांग्रेसले विश्वासको मत दिएको पनि बताए।