सत्ता गठबन्धनमा रहेको जसपा चाँडै सरकारमा आउँछ : सचिव भट्टराई - Chaitanya News
  • 2026-06-26
  • 00:09:54
  • बिहिबार,आषाढ ११, २०८३
  • सत्ता गठबन्धनमा रहेको जसपा चाँडै सरकारमा आउँछ : सचिव भट्टराई

    सत्ता गठबन्धनमा रहेको जसपा चाँडै सरकारमा आउँछ : सचिव भट्टराई

    काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन्।

    बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका हुन्। उनले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने माग राख्नुभएको छ त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने बताए।

    उनले वर्तमान गठबन्धन नेपाली कांग्रेस असफल भएपछि एमालेले नेतृत्व गरेर नयाँ समीकरण बनेको बताए।