विमान दुर्घटनामा अझै एकजना शिशुको शवको खोजी कार्य जारी रहेकोछ : पर्यटनमन्त्री - Chaitanya News
  • 2026-10-28
  • 04:56:04
  • मंगलबार,कार्तिक ११, २०८३
  • विमान दुर्घटनामा अझै एकजना शिशुको शवको खोजी कार्य जारी रहेकोछ : पर्यटनमन्त्री

    विमान दुर्घटनामा अझै एकजना शिशुको शवको खोजी कार्य जारी रहेकोछ : पर्यटनमन्त्री

    काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन्।

    बिहीवार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली काँग्रेसले माग गरेसँगै उनले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताए। किराँतीले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताउँदै गत माघ १ गते भएको विमान दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको बताए।

    किराँतीले अझै एकजना शिशुको शव खोजी कार्य जारी रहेको जानकारी दिए। उनले सरकारले खोजी कार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजिकार्यमा निरन्तर लागेको बताए।