संसदमा एक मिनेट मौन धारण - Chaitanya News
  • 2026-06-25
  • 23:46:10
  • बिहिबार,आषाढ ११, २०८३
  • काठमाडौँ– जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतको आग्रहमा संसदमा सांसदहरूले एक मिनेट मौन धारण गरेका छन्।

    मधेस आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा मौन धारण गरिएको हो। संसदमा उपस्थित अधिकांश दल र सांसदहरूले १ मिनेट उठेर मौन धारण गरेका थिए।

    सांसद सिके राउतले भने संसदको रोष्ट्रममै मौनधारण गरे।

    राउतले रोष्ट्रममा मौनधारण गरेपछि अन्य सांसदहरूले पनि उठेर मौनधारण गरेका हुन्।