पितृहरूको सम्झनामा प्रेमराज भट्टले स्थापना गरे अक्षय कोष - Chaitanya News
  • 2026-10-10
  • 20:22:34
  • शनिबार,आश्विन २४, २०८३
  • पितृहरूको सम्झनामा प्रेमराज भट्टले स्थापना गरे अक्षय कोष

    पितृहरूको सम्झनामा प्रेमराज भट्टले स्थापना गरे अक्षय कोष

    अत्तरिया: कैलालीको अत्तरियाका व्यवसायी प्रेमराज भट्टले आफ्ना स्वर्गीय भाइ निर्मलकुमार भट्टसहित पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना गरेका छन्।

    भट्टले गोदावरी नगरपालिका–२ मा रहेको सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन्।

    आश्विन कृष्ण औँसी अर्थात् पितृपक्षको औँसीका अवसरमा शनिबार भट्टले पत्नी कृष्णासहित विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्नादेवी बोहरालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

    पितृहरूको सम्झनालाई चिरस्थायी बनाउनुका साथै विद्यालय सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले अक्षय कोष स्थापना गरेको भट्टले बताएका छन्।

    सामाजिक तथा सेवामूलक कार्यमा सक्रिय भट्टले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएका छन्। विद्यालयमा स्थापना गरिएको अक्षय कोषले शैक्षिक गतिविधि सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।