सभामुखले दलप्रतिको आबद्धतामात्रै होइन आगामी दिनमा समेत कुनै दलमा आबद्ध नहुने घोषणा गरौं : सांसद सिंह - Chaitanya News
  • 2026-05-11
  • 00:23:26
  • आइतबार,बैशाख २७, २०८३
  • सभामुखले दलप्रतिको आबद्धतामात्रै होइन आगामी दिनमा समेत कुनै दलमा आबद्ध नहुने घोषणा गरौं : सांसद सिंह

    सभामुखले दलप्रतिको आबद्धतामात्रै होइन आगामी दिनमा समेत कुनै दलमा आबद्ध नहुने घोषणा गरौं : सांसद सिंह

    काठमाडौं–स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अब निर्वाचित हुने सभामुखले सभामुख बनिसकेपछि कुनै पनि पार्टीमा अबद्धता नरहेको र यसपछिका दिनमा पनि कुनै पार्टीमा नरहने घोषणा गर्नुपर्ने बताएका छन्। कुनै एक पार्टीबाट सभामुख बन्दा त्यस पार्टीप्रतिको जिम्मेवारी पार्टी सदस्यताले सभामुखलाई निश्पक्ष नबनाउने उनको भनाइ छ।

    सभामुख चयनका क्रममा उनले सत्तापक्षबाट सभामुखका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै अहिलेको संसदमा मजबुद प्रतिपक्ष नरहेको संसद संसद जस्तो नरहेको बताए। उनले सरकार र पतिपक्ष एकै भएकाले यो सरकार निरंकुस बन्ने हो की भन्ने शंका लागेको बताए।

    अहिले बाडिचुडी खाँदा लोकतन्त्र र यो व्यवस्था नै समाप्त हुने सम्भावना रहेको उनको भनाइ छ।