Chaitanyakhabar
काठमाडौं- संसद सचिवालयले ५ माघमा प्रतिनिधिसभाको सभामुख चयनका लागि कार्यसूची तयार गरेअनुसार आज संसदमा भएको तयारी। सत्ता गठबन्धनबाट सभामुखका लागि देवराज घिमिरे र प्रमुख प्रतिपक्ष कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ।
हेर्नुहोस तस्बिर:
रारा: नीलो मौनभित्र हराएको आत्माको यात्रा
राष्ट्रपतिद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
कक्षा १२ को नतिजा भेरिफिकेसनका लागि समिति गठन
नेपाल–ओमानबीच आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
(नियात्रा) तोमनाथ उप्रेती: काठमाडौँ कहिल्यै पूर्ण रूपमा शान्त हुँदैन। त्यहाँ रात पनि बोलिरहन्छ। सडकहरू कराउँछन्। मानिसहरू दौडिरहन्छन्। र मन थाकिरहन्छ। सायद त्यसैले मानिस कहिलेकाहीँ शहरबाट भाग्छ। प्रकृतितर्फ। आफ्नै हराएको स्वर खोज्न। मेरो रारा यात्रा पनि त्यस्तै एउटा पलायन थियो। तर त्यो केवल पर्यटन थिएन। त्यो आत्मासँगको पुनर्मिलन थियो। बिहान सबेरै त्रिभुवन विमानस्थल पुग्दा आकाश अझै…
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’ जारी गरेका छन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो।
काठमाडौँ– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका विषयमा प्रश्न उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको जनाएका छन्। समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी जिम्मेवारी तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे सामाजिक सञ्जालमा भइरहेका टीकाटिप्पणी…
काठमाडौँ– पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ६ जना पदाधिकारीमा चुनावी प्रतिस्पर्धा हुने भएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्। बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको निर्वाचन हुने प्रवक्ता मनिष झाले जानकारी दिए। एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता,…
काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा र सीमा नाकामा यात्रुको आवतजावतलाई थप व्यवस्थित तथा सहज बनाउन मुख्य नाकाहरूमा ‘बोर्डर इन्ट्रयाक्सन टिम’ (बीआईटी) गठन गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आज सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा सञ्चारकर्मीसँगको भेटमा सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा संगठनले प्रभावकारी रूपमा काम गरिरहेको बताएका…
काठमाडौँ– सशस्त्र प्रहरी बल (एपीएफ) ले मनसुनजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन देशका विभिन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ। विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले जोखिमयुक्त स्थानको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ। स्थापना गरिएका वेशमध्ये कोशी प्रदेशमा ६, मधेसमा ११, बागमतीमा १६,…