निम्नमध्ये कुन नदी पेरिस सहर भएर बग्दछ?
(A) अमेजन (Amazon) (B) लोआर (Loire) (C) डेन्युब (Danube) (D) सीन (Seine)
समूह (क) र समूह (ख) का बीचमा जोडा मिलान गरी सही उत्तर विकल्पबाट छनौट गर्नुहोस्।
समूह ‘क’ (आयोजना/प्रतिष्ठान), समूह ‘ख’ (सहयोगी देश)
a) कर्मचारी प्रशासन प्रतिष्ठान (NASC, जावलाखेल), i) भारत
b) त्रिशुली जलविद्युत आयोजना, ii) बेलायत
c) कान्तिबाल अस्पताल , iii) चीन
d) काठमाडौँ चक्रपथ (रिङ रोड), iv)भारत
A) a-ii, b-i, c-iii, d-iv B) a-ii, b-i, c-iv, d-iii C) a-ii, b-iii, c-i, d-iv D) a-iv, b-i, c-iii, d-ii
‘अन्तर्राष्ट्रिय मुद्रा कोष’ (IMF) को ‘विशेष रेखाचित्र अधिकार’ (Special Drawing Rights – SDR) बास्केटका सम्बन्धमा कुन कथन सही छ?
A. SDR अन्तर्राष्ट्रिय बजारमा सिधै सामान किन्न प्रयोग गरिने एक प्रकारको भौतिक मुद्रा हो।
B. यस बास्केटभित्र अमेरिकी डलर, युरो, चिनियाँ रेन्मिन्बी (युआन), जापानी येन र ब्रिटिश पाउन्ड स्टर्लिङ गरी ५ वटा मुद्राहरू मात्र सामेल छ।
C. कुनै पनि देशको सेयर (Quota) जतिसुकै भए पनि आईएमएफमा सबै देशको भोटिङ अधिकार समान हुन्छ।
D. सुन र चाँदीलाई पनि SDR बास्केटको अभिन्न अङ्ग मानिन्छ।
कुन अन्तरिक्ष एजेन्सीले जुम्ल्याहा-उपग्रह ‘ट्रेसर्स’ (TRACERS) मिसन लन्च गरेको हो?
(A) ESA (B) CNSA (C) ISRO (D) NASA
तल दिएको कथनहरूको बारेमा विचार गर्नुहोस्।
घाँसे मैदान (Grassland) पारिस्थितिक प्रणालीमा उपभोक्ताको संख्या उत्पादकहरूको भन्दा धेरै हुने भएकाले संख्याको पिरामिड सधैँ सुल्टो हुन्छ।
मृत जीवजन्तु र वनस्पतिको शरीरमा रहेको जैविक नाइट्रोजनलाई अमोनिया ग्यासमा बदल्ने प्रक्रियालाई ‘अमोनिफिकेसन’ (Ammonification) भनिन्छ।
लिन्डेम्यानको सिद्धान्त अनुसार पारिस्थितिक प्रणालीको एक पोषण तहबाट अर्को माथिल्लो तहमा १० प्रतिशत ऊर्जा मात्र स्थानान्तरण हुन्छ र बाँकी ९० प्रतिशत ऊर्जा तापका रूपमा नष्ट हुन्छ।
माथिका कथनहरूमा कुन-कुन सही छन्/छन्?
A) १ र २ मात्र B) २ र ३ मात्र C) १ र ३ मात्र D) १, २ र ३ सबै
तलको अनुक्रममा प्रश्नवाचक चिन्ह (?) भएको ठाउँमा के आउँछ?
AB, BD, CH, DP, ?
A) EX B) EY C) ED D) EF
;d”xdf gldNg] s’g 5 <
A) GH24 B) IJ38 C) VW90 D) EF22
Dopiness, Uncloaking, Dishwasher df h:t} ;dfg ljz]iftf ePsf] word s’g xf] <
A) Gallant B) Crossfire C) Whirlwind D) Assault
यदि “INTERPRETATION” शब्दको 1st, 4th, 7th र 11th अक्षरहरूबाट एक मात्र अर्थपूर्ण शब्द बनाउन सम्भव हुन्छ भने कुन अक्षर तेस्रो स्थानमा आउँछ ? यदि ती अक्षरहरूबाट एकभन्दा बढी अर्थपूर्ण शब्दहरू बन्दछन् भनो M उत्तर दिनुहोस् । यदि ती अक्षरहरूबाट कुनै अर्थपूर्ण शब्द बनाउन सकिदैन भने X उत्तर दिनुहोस् ।
A. T B. R C. M D. X
M, N भन्दा तीन गुणा बढी कार्यकुशल छ । एकसाथ मिलेर उनीहरुले 30 दिनमा कुनै कामको एक भाग पूरा गर्छन् भने M एक्लैले सो कार्य कति दिनमा पूरा गर्न सक्छ ?
A. 40 B. 50 C. 30 D. 45
निम्नमध्ये कुन सामाजिक सञ्जाल (Social Media Platform) को उदाहरण हो?
(A) इन्स्टाग्राम (Instagram) (B) क्यालकुलेटर (Calculator)
(C) नोटप्याड (Notepad) (D) माइक्रोसफ्ट वर्ड (Microsoft Word)
भीमसेन थापापछि र जंगबहादुर राणाको उदय हुनुअघि नेपालको मुख्तियार/प्रधानमन्त्री बन्ने व्यक्तिहरूका आधारमा कुन क्रम सही छ?
A) रणजङ्ग पाँडे > रङ्गनाथ पौडेल > चौतरिया पुष्कर शाह > फत्तेजङ्ग शाह > माथवरसिंह थापा
B) रङ्गनाथ पौडेल > रणजङ्ग पाँडे > चौतरिया पुष्कर शाह > फत्तेजङ्ग शाह > माथवरसिंह थापा
C) रङ्गनाथ पौडेल > चौतरिया पुष्कर शाह > रणजङ्ग पाँडे > फत्तेजङ्ग शाह > माथवरसिंह थापा
D) रणजङ्ग पाँडे > चौतरिया पुष्कर शाह > रङ्गनाथ पौडेल > माथवरसिंह थापा > फत्तेजङ्ग शाह
बकिङ्घम प्यालेस (Buckingham Palace) कुन सहरमा अवस्थित छ?
(A) बर्मिङ्घम (Birmingham) (B) वेस्टमिनिस्टर (Westminster)
(C) इडइनबर्ग (Edinburgh) (D) म्यानचेस्टर (Manchester)
हात्तीपाइले रोग (Elephantiasis) निम्नमध्ये केका कारणले गर्दा लाग्दछ?
(A) ब्याक्टेरिया (Bacteria) (B) ढुसी (Fungi)
(C) फाइलेरियाल जुका/किरा (Filarial worms) (D) चराचुरुङ्गीको विष्ठा (Bird Droppings)
निम्नमध्ये कुन काकेशस पर्वतमाला (Caucasus Mountains) को सबैभन्दा अग्लो चुचुरो र युरोपको पनि सबैभन्दा अग्लो स्थान हो?
(A) म्याटरहर्न (Matterhorn) (B) मोन्ट ब्लाङ्क (Mont Blanc)
(C) माउन्ट एल्ब्रस (Mount Elbrus) (D) माउन्ट एभरेष्ट (Mount Everest)
“COMPENSATION” शब्दमा अक्षरहरू एक पटक मात्र प्रयोग गरी देहायको कुन शब्द बनाउन सकिन्छ?
A. TINY B. MOTIVE C. COPY D. MENTION
कुनै संख्यालाई 17/8 ले भाग गर्न भनिएकोमा एक विद्यार्थीले सो संख्यालाई 17/8 ले गुणन गर्यो र 8 अपेक्षित उत्तर भन्दा 225 बढी पायो भने अपेक्षित उत्तर कति थियो ?
A. 64 B. 126 C. 136 D. 46
यदि x एउटा धनात्मक संख्या (positive number) हो भने देहायका मध्ये कुन भिन्नको मान सबैभन्दा ठूलो हुन्छ ?
A. x/x B. x/(x+1) C. (x+1)/x D. (x+2)/(x+3)
कुनै कक्षाको पहिलो पिरियड (period) 10:30 बजे प्रारम्भ हुन्छ तथा चौथो (अन्तिम) period 13:45 बजे समाप्त हुन्छ । यदि प्रत्येक पिरियडको समयावधि समान छ तथा प्रत्येक period को अन्त्यमा 5 मिनेटको विश्राम (break) दिईन्छ भने प्रत्येक period को समयावधि कति हो ?
A. 40 मिनेट B. 45 मिनेट C. 50 मिनेट D. 1 घण्टा
21 वटा table र 35 वटा chair को मूल्य रू. 41825 पर्छ भने 9 वटा table र 15 वटा chair. को मूल्य कति पर्छ ?
A. 17775 B. 17925 C. 18075 D. 16795
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 6