काँग्रेस क्षेत्रीय प्रतिनिधिमा देउवा सर्वसम्मत - Chaitanya News
  • 2026-10-02
  • 14:29:45
  • शुक्रबार,आश्विन १६, २०८३
  • काँग्रेस क्षेत्रीय प्रतिनिधिमा देउवा सर्वसम्मत

    काँग्रेस क्षेत्रीय प्रतिनिधिमा देउवा सर्वसम्मत

    धनगढीः नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतरको १५औँ महाधिवेशनका लागि सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

    गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्।

    देउवाले स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएर उम्मेदवारी मनोनयन गराएका थिए।

    देउवाका स्वकीय सचिव भानु देउवा पनि सोही वडाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। उनी पनि वारेसनामामार्फत उम्मेदवार बनेका थिए।

    यसअघिका महाधिवेशनमा पनि देउवा वडाबाटै प्रतिनिधि चयन हुँदै आएका छन्।