सेयर बजार ३२.७२ अंकले वृद्धि, कतिमा हुँदैछ कारोबार? - Chaitanya News
  • 2026-04-30
  • 01:44:24
  • बुधबार,बैशाख १६, २०८३
  • सेयर बजार ३२.७२ अंकले वृद्धि, कतिमा हुँदैछ कारोबार?

    सेयर बजार ३२.७२ अंकले वृद्धि, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं– मंगलबार सेयर बजारमा वृद्धि भएको छ नेप्से परिसूचकमा आज ३२.७२ अंकले उकालो लाग्दा २१८२.११ विन्दुमा आएर रोकिएको छ। साथैै, मंगलबार २५० कम्पनीको कारोबार भएको छ। आज एक करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

    यस्तै,आज अपी पावर कम्पनीकोे सर्वाधिक सेयर कारोबार भएको छ। यस कम्पनीको २३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। साथै, दोश्रोमा माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

    ग्रिन भेन्चर्स, आदर्श लघुवित्त वित्तिय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको १० प्रतिशतले मूल्य वृद्धि भएको हो। साथै बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ।

    यस्तै, कुल १६९ कम्पनीमा उकलो लागेको छ भने ३० कम्पनीमा ओरालो लागेको छ। साथै ६ कम्पनी भने स्थिर रहेको छ। आज १३ उपसुचकहरु मध्ये बैंकिङ बाहेका सबै उपसुचकहरूमा हरियाली छाएको छ,।