गायिका मेलिना राईले गरिन पोखराको कन्सर्ट रद्द - Chaitanya News
  • 2026-10-28
  • 03:58:02
  • मंगलबार,कार्तिक ११, २०८३
  • गायिका मेलिना राईले गरिन पोखराको कन्सर्ट रद्द

    गायिका मेलिना राईले गरिन पोखराको कन्सर्ट रद्द

    काठमाडौं– चर्चित गायिका मेलिना राईले पोखरामा तय भएको सांगितिक कार्यक्रमलाई स्थगित गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत कन्सर्ट रद्द गरेकी जनाएकी छिन्।

    माघ १ गते ७२ जनाको ज्यान जाने गरि पोखरामा भएको यतीको विमान दुर्घटनाको कारणले आफ्नो प्रतिष्ठा र भित्री आत्माले त्यहाँ पुगेर कार्यक्रम गर्न नदिएको उल्लेख गर्दै उनले कन्सर्ट स्थगित गरेकी बताएकी हुन्।

    सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘माघ ३ गते बेलुका पोखरा महोत्सवमा प्रस्तुति दिने भनेर जानकारी गराएकी थिएँ, तर आज राति पोखरा महोत्सवमा मेरो उपस्थिति रद्द भएको घोषणा गर्दा म साँच्चै दुःखी छु। पोखरामा त्यो घटना घटेपछि मलाई त्यो कार्यक्रम गर्न साँच्चै गाह्रो छ।मेरो प्रतिष्ठा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन। त्यसैले मैले कार्यक्रम छोड्नुपर्‍यो। म तपाईंहरु सबैप्रति माफी माग्न चाहन्छु। मैले कार्यक्रम रद्द गरेकी हुँ, आयोजकले होइन। मैले गरेको निर्णयको लागि आयोजक टोलीसँग माफी माग्न चाहन्छु। प्रिय पोखरा म अर्को पटक भेट्नेछु।’

    साथै उनले पोखरा विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन्।