अन्डाको मूल्य फेरि बढ्यो - Chaitanya News
  • 2026-09-23
  • 16:02:51
  • बुधबार,आश्विन ०७, २०८३
  • काठमाडौं– बजारमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज मंगलबारदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको बताएको छ।

    संघले जारी गरेको तथ्यांक अनुसार सबैभन्दा ठूलो ९एक्सएल० अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ।

    यसअनुसार अब सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ६ सय १५, ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पर्नेछ। यसअघि १९ भदौदेखि लागु हुने गरी संघले मूल्य तोकेको थियो । त्यसबेला सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ६ सय ५ रुपैयाँ, ठूलो अन्डा ५ सय ९० रुपैयाँ र मिडियम अन्डा ५ सय ५० रुपैयाँ तोकिएको थियो। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम थियो।

    होलसेल र फार्म मूल्यमा परिवर्तन भए पनि सर्वसाधारणले किन्ने खुद्रा मूल्य भने नबढाइएको संघको भनाइ छ।

    उपभोक्ताले पहिले जस्तै ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा २ गोटाको ४५ रुपैयाँमै खरिद गर्न पाउने संघका सचिव मदन पोखरेलले जानकारी दिए।