जनताले पाउने सेवासुविधालाई सहज बनाउँछु : परराष्ट्रमन्त्री विमला राई - Chaitanya News
  • 2026-05-10
  • 22:01:22
  • आइतबार,बैशाख २७, २०८३
  • जनताले पाउने सेवासुविधालाई सहज बनाउँछु : परराष्ट्रमन्त्री विमला राई

    जनताले पाउने सेवासुविधालाई सहज बनाउँछु : परराष्ट्रमन्त्री विमला राई

    काठमाडौँ — नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छिन्। मंगलबार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताएकी हुन्।

    परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने तीन प्राथमिकता रहेको उनले बताइन्। परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।

    नेपालको हितमा सम्झौता नगरिकन आफूले विदेशी कूटनीतिक नियोगहरूसँग समन्वय गर्ने उनले बताइन्। पौड्यालले नेपालको परराष्ट्रनीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने पनि बताइन्।

    ‘आफू आउनासाथ सबै नीति फेर्नेतिर लाग्दिनँ। नेपालको असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने हो। मान्छेपिच्छे हाम्रो परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन। यति धेरै विज्ञहरु यहाँ हुनुहुन्छ। भइरहेका नीतिमा ग्याप छन् भने मिलाउँछौँ। हामी अन्तर्राष्ट्रिय क्षेत्रमा जसरी प्रस्तुतहुन्छौँ हाम्रो इमेज त्यही हो। नेपालको सीमा विवादहरुका विषयमा भने अहिल्यै बोल्नु हतार हुन्छ, उनले भनिन्।

    दूतावासमा जाँदा घरमा गएजस्तो अनुभव हुनुपर्ने उनले बताइन्। उनले भनिन्, नेपालको हितमा सम्झौता नगरिकन आफूले विदेशी कूटनीतिक नियोगहरूसँग समन्वय गर्नेछु। तेस्रो प्राथमिकतामा नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने छु। नेपालको राजदूतावासमा मेरो देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ । बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महसुस गर्नुपर्छ। हाम्रो दूतावासमा नेपालीहरुलाई सहज पहुँच गराउन प्रयास गर्नेछु।’