काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह र ‘जेन जेड’ उमेर समूहका सांसदहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष अन्तरक्रिया सुरु भएको छ।
अन्तरक्रियामा पछिल्लो प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति लगायतका विषयमा छलफल भइरहेको छ।
बैठकमा प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषयले समेत प्राथमिकता पाएका छन्। त्यस्तै वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकासलाई अघि बढाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ।
प्रधानमन्त्री तथा सांसदहरूबीच भइरहेको अन्तरक्रियामा प्रविधि, रोजगारी, शिक्षा, स्वास्थ्य र वातावरणसँग सम्बन्धित नीतिगत विषयमा विचार आदानप्रदान भइरहेको छ।