प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिने - Chaitanya News
  • 2026-05-10
  • 22:01:23
  • आइतबार,बैशाख २७, २०८३
  • प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिने

    प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिने

    काठमाडौं-  आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ। निर्वाचनको लागि संसद सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ। निर्वाचनका लागि आवश्यक तयारी भैरहेको संसद सचिवालयले जनाएको छ।

    गत पुष २६ गते वसेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि ताेकेका थिए। सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको हो।

    प्रस्तावित कार्यतालिका अनुसार मनोनयन दर्ता अर्थात् प्रस्तावको सुचना भोलि माघ चार गतेका लागि कार्यक्रम राखिएको छ। त्यस्तै सोही दिन नै उम्मेदवारको नामावलीका साथै अन्तिम नामावली पनि प्रकाशन गरिने भएको छ।