काठमाडौँ– आज (मंगलबार) बिहान बसेको न्याय परिषद्को बैठकले न्याय परिषद्ले चार जना न्यायाधीशलाई काजमा खटाउन सिफारिस गरेको छ।
सिफारिस हुनेमा उच्च अदालतमा कार्यरत नातिबाबु लामिछाने, गोकर्ण डाँगी, शकुन्तला घिमिरे र अर्जुन अधिकारी छन्।
परिषद्को निर्णय अनुसार उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पाटनमा काजमा खटाउन सिफारिस गरिएको छ।
त्यस्तै, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी र अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काजमा खटाउन सिफारिस गरिएको छ।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासकी न्यायाधीश शकुन्तला घिमिरेलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा काजमा खटाउन सिफारिस गरिएको छ।