सुर्खेत– स्थानीय सेवातर्फका विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूका लागि खुला, अन्तर तह तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन आह्वान गरेको छ।
आज (मंगलबार) कर्णाली प्रदेश लोक सेवा आयोगको वीरेन्द्रनगर, सुर्खेतस्थित कार्यालयले एक सूचना सार्वजनिक गर्दै स्थानीय सेवाका नवौँ, आठौँ र सातौँ तहका रिक्त पदहरूका लागि दरखास्त माग गरेको हो।
खुला प्रतियोगिताका साथै आदिवासी जनजाति (आ.ज.), खस आर्य (महिला) तथा अन्तर तह र आन्तरिक अन्तर सेवा प्रतियोगितामार्फत स्थायी पदपूर्तिको व्यवस्था गरिएको आयोगले जनाएको छ।
