गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी विनाकुमारी थापा निर्वाचित - Chaitanya News
  • 2026-06-25
  • 19:09:43
  • बिहिबार,आषाढ ११, २०८३
  • गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी विनाकुमारी थापा निर्वाचित

    गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी विनाकुमारी थापा निर्वाचित

    पोखरा– गण्डकी प्रदेशसभाको उपसभामुखको दोस्रो कार्याकालका लागि नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन्।

    प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत बिभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत प्राप्त झरेको थियो। थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए।

    लमजुङबाट कांग्रेस सांसद पार्वती तामाङले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन्। उनी पराजित भईन्।

    नवनिर्वाचित सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी रहेका थिए।सभामुखमा एमालेकी थापा निर्वाचित