आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-09-13
  • 09:31:18
  • आइतबार,भाद्र २८, २०८३
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (आइतबार) बिहान ११ बजे राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठक सिंहदरबारमा बस्नेछ।

    बैठकमा मुख्य रूपमा ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ। साथै विविध विषयहरूमा समेत विचार(विमर्श हुने समितिले जनाएको छ। छलफलका लागि कृषि, वन तथा वातावरण मन्त्री, मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ।