आज सेयर बजार १३.८५ अङ्कले घट्यो, कतिको हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-09-10
  • 17:08:29
  • बिहिबार,भाद्र २५, २०८३
  • आज सेयर बजार १३.८५ अङ्कले घट्यो, कतिको हुँदैछ कारोबार ?

    आज सेयर बजार १३.८५ अङ्कले घट्यो, कतिको हुँदैछ कारोबार ?

    काठमाडौँ– आज (बिहीबार) सेयर बजार (नेप्से परिसूचक) १३.८५ अङ्कले घटेर २५३१.५५ विन्दुमा सीमित भएको छ।

    कारोबार अवधिभर कुल ४ अर्ब ९७ करोड बराबरको कारोबार भएको छ भने १० लाख ५८ हजार कित्ता सेयर किनबेच भएका छन्। आज कुल ३४१ वटा स्क्रिप्समा कारोबार भएको छ।

    आजको बजारमा बिक्रीकर्ता हाबी देखिएका छन्। तथ्याङ्कअनुसार १९९ वटा कम्पनीको मूल्य घट्दा ६८ वटा कम्पनीको मात्रै मूल्य बढेको छ। ११ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

    समूहगत रूपमा आज पनि सबै समूहका सूचकमा गिरावट देखिएको छ। उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै १।१४ प्रतिशतको आएको छ । अरू सबै सूचक एक प्रतिशत भन्दा कमले घटेका छन्।

    आजको बजारमा लिबर्टी इनर्जीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। उक्त कम्पनीको मूल्य १५ प्रतिशतले बढेर २५५ रुपैयाँभन्दा माथि पुगेको छ। सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले घटेको छ।

    त्यस्तै, सर्वाधिक कारोबार रकम हुने कम्पनीमा पनि सोही कम्पनी नै अगाडि छ, जसको ४५ करोड ४८ लाख ८० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।