गण्डकी– गण्डकी प्रदेश लोक सेवा आयोगले गत आर्थिक वर्षमा सम्पादन गरेका कामकारबाही तथा प्रगतिको विवरण समेटिएको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको छ।
आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आर्थिक वर्ष २०८२/०८३ मा आयोगबाट भएका गतिविधि समेटिएको छैठौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आज पेस गरेका हुन्।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले प्रदेश तथा स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको संवैधानिक तथा कानुनी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको भन्दै आयोगलाई धन्यवाद दिएका थिए।
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५० अनुसार आयोगले तोकिएको समयसीमाभित्र वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको हो। प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/०८३ मा गरेका काम, प्रगति तथा गतिविधिको विवरण समेटिएको छ।