काठमाडौँ– आज (बिहिबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बैठक बोलाएका हुन्।
आजको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुनस्स्थापनामा निरन्तर जुटिरहेका छन्। सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनस्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ।