रिक्त पद विवरण पठाउन लोकसेवालाई सामान्यले गर्‍यो पुन पत्राचार - Chaitanya News
  • 2026-04-30
  • 00:34:10
  • बुधबार,बैशाख १६, २०८३
  • रिक्त पद विवरण पठाउन लोकसेवालाई सामान्यले गर्‍यो पुन पत्राचार

    रिक्त पद विवरण पठाउन लोकसेवालाई सामान्यले गर्‍यो पुन पत्राचार

    काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्तिको माग गर्ने व्यवस्था कार्यान्वयन सम्बन्धमा लोकसेवा आयोगलाई पत्र पठाएको छ।

    मन्त्रालयले पद रिक्त हुने प्रत्येक निकायबाट लोकसेवा आयोगमा नियमित रूपमा जानकारी प्राप्त हुन नआएको कारणले रिक्त पदको यकिन गरी प्रतिशत निर्धारण गर्ने कार्यलाई चुस्त बनाउन नसकिएको भन्दै पत्र पठाएको हो।

    निजामती सेवा ऐन २०४९ को दफा ७ क मा ‘निजामती सेवाको कुनै पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको एक महिनाभित्रमा सम्बन्धित निकायले लोकसेवा आयोगलाई दिई सोको जानकारी सामान्य प्रशासन मन्त्रालयलाई दिन पर्नेछ’ भन्ने व्यवस्था रहेको छ।