काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङले भेटवार्ता गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदुत सोले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने राजदुत सोङले बताएका थिए ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट राष्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।